३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत ३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (कात्तिक ७ गते) अन्तिम दिन रहेको छ । कुमारी बैंक, गुराँस लघुवित्त र शिवम् सिमेन्ट्सले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

यी तीन कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (कात्तिक ८ गते) बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न कात्तिक १६ गते आफ्नो नक्साल कार्यालयमा २१ औं वार्षिक साधारण सभा बोलाएको छ।

 

कुमारीले गत आवको नाफाबाट ६ प्रतिशत बोनस सेयर र प्रयोजनसहित २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 

त्यसैगरी, गुराँस लघुवित्तले गत आवको नाफाबाट १६.९० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८८९ प्रतिशत नदग लाभांश दिने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले कार्तिक २२ गते सोमबार न्यू अञ्जुली होटल, धनकुटामा छैठौं वार्षिक साधारण सभा बोलाएको छ।

 

त्यसैगरी, शिवम सिमेन्ट्सले गत वर्षको मुनाफाबाट सेयरधनीलाई २९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो लाभांश पारित गर्न कम्पनीले कात्तिक १६ गते होटल सोल्टी काठमाडौंमा छैठौं वार्षिक साधारण सभा बोलाएको छ ।

 

तीनै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

फूलमा पनि परनिर्भरता कायमै, तिहारलाई ५० हजार माला आयात गरिँदै Read Previous

फूलमा पनि परनिर्भरता कायमै, तिहारलाई ५० हजार माला आयात गरिँदै

सपोर्ट लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

सपोर्ट लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?