सेयर बजार सातामा १७ अंकले घट्यो, डेढ अर्ब बढीको कारोबार

काठमाडौं । सेयर बजार घट्ने क्रम यो साता पनि निरन्तर रह्यो । साताको पहिलो दिन देखि नै आरोलो लागेको बजार मंगलबार बाहेक सबै दिन घट्ने क्रम जारी राख्यो ।

 

बुधबार दोहोरो अंकले घटेको बजार यो साता बजार समग्रमा १६.६६ अंकले घटेको छ । मंगलबार ४.८७ अंकले बढेको बजारले त्यपछि फेरि लय समान्त सकेन ।

 

साताभरिमा १ अर्ब ६३ रोडको कारोबार भएको । सोमबार सबैभन्दा धेरै ३८ करोड ५ लाखको कारोबार भएको बजार मंगलबार २४ करोड ४६ लाखमा खुम्चिएको थियो ।

 

साताको अन्तिम दिन सेयर बजार मापक सूचक नेप्से १.३३ अंकले घटेर ११९६.४१ विन्दुमा आइपुगेको छ । बिहीबार १७० कम्पनीको २७ करोड ७३ लाख ५९ हजार ६५९ रुपैयाँको सेयर कारोबार भएको छ ।आज ९ लाख ७५ हजार ८३४ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

 

कुल १२ वटा समूहको सेयर कारोबार भएकामा वाणिज्य बैंक र विकास बैंक समूह बढेका छन् भने बाँकी १० समूहको सूचक ओरालो लागेका छन् । आज सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक ५०.२४ अंकले घटेको छ ।

 

कारोबार रकमको आधारमा कुमारी बैंकले अग्रता लिएको छ । कुमारीको १ करोड ६२ लाख ४४ हजार ६०३ रुपैयाँको कारोबार भएको छ ।

 

कारोबार रकममै दोस्रो र तेस्रोमा नेपाल लाइफ इन्सुरेन्स र एनआइसी एसिया बैंक परेका छन् । नेपाल लाइफको १ करोड ४८ लाख र एनआइसी एसियाको १ करोड ३० लाख भन्दा बढीको कारोबार भएको छ ।

 

बिहीबार सबैभन्दा धेरै सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९८% ले बढेको छ भने युनाइटेड फाइनान्सको सबैभन्दा धेरै ६.४१% ले घटेको छ ।

आम्दानीको मुख्य स्रोत बन्दै रुद्राक्ष, एउटै ५० लाखमा बिक्री Read Previous

आम्दानीको मुख्य स्रोत बन्दै रुद्राक्ष, एउटै ५० लाखमा बिक्री

१४९ जना यात्रु बोकेर ओसाका पुग्यो नेपाल एयरलाइन्सको वाइडबडी Read Next

१४९ जना यात्रु बोकेर ओसाका पुग्यो नेपाल एयरलाइन्सको वाइडबडी