यी हुन् दशैंपछि काठमाडौं नजिकै हाइकिङ जाने ठाउँहरु

काठमाडौं । दशैंमा माछा, मासु लगायतका धेरै खानेकुराहरु खाइन्छ । दशैंमा खाँदै बस्दा तौलमा उतारचढाव आउनु स्वभाविक नै हो । त्यसैले मानिसहरु आफ्नो तौलको व्यवस्थापन गर्न दशैं पछि प्राय हाइकिङ जान चाहन्छन् । र, दशैं लगत्तै मानिसहरु हाइकिङ जाने ठाउँको खोजिमा हुन्छन् ।

 

दशैंपछि काठमाडौं नजिकै हाइकिङ जान चाहनुहुन्छ भने हामीले केही ठाउँ छनौट गरेका छौं । यसमध्य कुनैपनि ठाउँमा तपाई जान सक्नुहुनेछ ।

 

स्वीट्जरल्याण्ड पार्कः स्वीट्जरल्याण्ड पार्क पछिल्लो समय धेरैको नजरमा पर्न थालेको छ । काठमाडौंबाट निकै नजिक रहेको यो ठाउँ रत्नपार्कबाट १२ किलोमिटरको दुरीमा रहेको छ । आफ्नै साधन लिएर जादा ३० देखि ४५ मिनेटसम्ममा स्वीट्जरल्याण्ड पार्क पुग्न सकिन्छ ।
हाइकिङ जान चाहनेले कलंकी अथवा सितापाइलाबाट रामकोट हुँदै जान सक्नेछन् । हिँड्दै जादा ४/५ घण्टामा स्वीट्जरल्याण्डपार्क पुग्न सकिन्छ । यस्तै इच्छुकले त्यहाँ रहेका भ्यूटावर र कालुपाँडेको चिहानसम्म पुगेर पनि आउन सक्नेछन् ।

 

ककनीः जंगलले भरिपूर्ण ककनी काठमाडौं नजिकै पर्छ । यो रत्नपार्कबाट २५ किलोमिटर टाढा रहेको छ । ककनी हाइट २ हजार मिटर देखि ६ हजार ५ सय ६० फिट उचाइमा छ । ककनी हाइटबाट काठमाडौं पुरै देख्न सकिन्छ । जंगलै जंगलले भरिएको ककनीमा तपाईले स्वाच्छ हावाका साथै रमणीय दृश्यको मजा लिन सक्नुहुने छ ।

 

ककनीबाट लाङटाङ हिमाली रेन्ज, अन्नपूर्ण रेन्ज, मनास्लु लगायतका हिमालहरु देख्न सकिन्छ ।

 

 

नागर्जुनः नागर्जुन हाइकिङ जान चाहानेहरुले बालाजु माछापोखरीबाट हाइकिङ सुरु गर्न सक्ने छन् । रत्नपार्कबाट नागर्जुनसम्मको दुरी ७ किलोमिटर रहेको छ । रत्नपार्कबाट हिँड्दै नागर्जुन पुग्न १ घण्टादेखि २ घण्टा लाग्छ ।

 

नार्गजुन हाइक जानेले नेवारी संस्कृतीको अवलोकन गर्न सक्ने छन् । साथै, सूर्योदय र सूर्यास्थको रमणीय दृश्य देख्न पाइने छ । नार्गजुन टावरबाट धौलागिरी, कन्चनजंगा, सगरमाथा, मनास्लु, गणेश हिमाल देख्न सकिने छ ।

 

चम्पादेवीः चम्पादेवी रत्नपार्कबाट १३.६ किलोमिटर दुरीमा रहेको छ । यसको अन्तिम पोइन्ट फर्पिङ हो । यो ७ हजार ३ सय ८० फिटको उचाइमा रहेको छ । यहाँबाट लाङटाङ र अन्नपूर्ण हिमालका दृश्यहरु देख्न सकिने छ ।

 

चिसापानीः चिसापानी हाइक सुन्दरीजलबाट सुरु गर्नुपर्छ । त्यहाँबाट चिसापानीसम्म ६ किलोमिटरको दुरी रहेको छ । सुन्दरीजलबाट हिँड्दै न्यूनतम २ देखि ३ घण्टामा चिसापानी पुग्न सकिन्छ ।

 

चिसापानी ७ हजार २ सय ७० फिट उचाइमा रहेको छ । यहाँबाट चिसापानी गाउँ, शिवपुरी नेशनल पार्क, लाङटाङ, गणेश, जुगल, गौरिशंकर हिमालको रमणीय दृश्य समेत देख्न सकिन्छ ।

दुईजना कर्मचारीले ५ जिल्लाको खाद्य गुणस्तर अनुगमन गर्दै, जनस्वास्थ्य प्रति सरकार उदासिन Read Previous

दुईजना कर्मचारीले ५ जिल्लाको खाद्य गुणस्तर अनुगमन गर्दै, जनस्वास्थ्य प्रति सरकार उदासिन

कोभिड नेपालः बिमा दाबीको भुक्तानीबारे किन आलटाल Read Next

कोभिड नेपालः बिमा दाबीको भुक्तानीबारे किन आलटाल