स्वाभिमान लघुवित्तद्धारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ३२.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७० प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

 

हाल ९ करोड २० लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरणपछि १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँ पुग्नेछ ।

आइएमई डबलको डबलको डबल अफरका दोस्रो हप्ताका विजेता घोषणा Read Previous

आइएमई डबलको डबलको डबल अफरका दोस्रो हप्ताका विजेता घोषणा

फलामे छडको मूल्य घट्यो, प्रतिकेजी कति ? Read Next

फलामे छडको मूल्य घट्यो, प्रतिकेजी कति ?