काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजार घट्नेक्रम जारी रहेको छ । बुधबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको ।
मंगलबार करिब ५ अंकले उकालो लागेको बजार बुधबार पनि बढ्ने आशा गरिएको थियो तर, बजारले लय समात्नुको साटो उल्टो यात्रा तय गरेको छ ।
आज सूचकमा गिरावट आएपनि कारोबार रकममा भने बढोत्तरी आएको छ । मंगलबारको तुलनामा कारोबार रकम १३ करोडले बढेको छ ।
सेयर बजार मापक सूचक नेप्से १०.२६अंकले घटेर १२९७.७५ विन्दुमा आइपुगेको छ । सूचक ५ महिना पछि पुन: १२ सय मुनी आएको छ ।
आज १६८ कम्पनीको ३७ करोड २४ लाख १७ हजार ६३७ रुपैयाँको कारोबार भएको छ । १३ लाख २१ हजार ४८६ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबार भएका ११ वटै समूहको सूचक ओरालो लागेका छन् । आज जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ५७.१२ अंकले घटेको छ । वाणिज्य बैंक समूह पनि ९.५८ अंकले झरेको छ ।
कारोबार रकमको आधारमा रुलर माइक्रोफाइनान्सको प्रमोटर सेयरसेयर शीर्ष स्थानमा रह्यो । यसको १० करोड ५४ लाख ६६ हजार २३७ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा कुमारी बैंक र एनआसी एशिया बैंक क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । कुमारी बैंक ३ करोड ५० लाख र प्रभुको ३ करोड २० लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज सबैभन्दा धेरै सबैको लघुवित्तको सेयर मूल्य करिब ९.८६%ले बढेको छ भने दिव्यश्वरी हाइडोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.९१% ले घटेको छ ।