कुमारी बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

 

हाल १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ पुग्नेछ ।

ब्रिटेनमा पेट्रोलको हाहाकार, पम्पमा थेगी नसक्नु भीड भएपछि सेना खटाइँदै Read Previous

ब्रिटेनमा पेट्रोलको हाहाकार, पम्पमा थेगी नसक्नु भीड भएपछि सेना खटाइँदै

भन्सारमा झुक्याउने जगदम्बा अटो ग्रुपलाई जरिवाना Read Next

भन्सारमा झुक्याउने जगदम्बा अटो ग्रुपलाई जरिवाना