रुरु जलविद्युतको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । रुरु जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

 

कम्पनीले असोज १६ गते डाकेको साधरण सभा प्रयोजनका लागि असोज ७ गते बुकक्लोज तोकेको छ । तसर्थ, आजसम्म सेयर किन्ने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

 

कम्पनीले गत आवको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

 

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

मापदण्ड कार्यन्वयनमा चुक्दै महानगर, पार्किङस्थलमा खुलेआम व्यापार हुँदा पनि मूकदर्शक Read Previous

मापदण्ड कार्यन्वयनमा चुक्दै महानगर, पार्किङस्थलमा खुलेआम व्यापार हुँदा पनि मूकदर्शक

उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री Read Next

उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री