एचआइडीसीएलको साढे ३ करोड कित्ता सेयर लिलामीमा आउने

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)को साढे ३ करोड कित्ता सेयर लिलामीमा आउने भएको छ ।

 

कम्पनीले हकप्रदमा नबिकेको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता सेयर अब लिलामीमाआउने भएको हो ।

 

कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर विक्रीम ल्याएको थियो ।

 

सोमध्ये ७ करोड ३७ लाख ७० हजार २७६ कित्ता सेयर मात्र विक्री भएको छ । कम्पनीको हकप्रदमा रीतपूर्वक आवेदन दिने १ लाख ९६ हजार ४२४ जनालाई उक्त सेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।

 

क्यापिटलले हकप्रद सेयर नपरेको आवेदकको हकमा भदौ ३१ गते बिहीबारदेखि पैसा फिर्ता गर्ने जनाएको छ । कनेक्ट आइपीएस मार्फत आवेदकको खातामा नै पैसा पठाइने प्रबन्धक ग्लोबल आइएमई क्यापिटले जनाएको छ ।

सम्झौता नहुँदा अघि बढ्न सकेन काठमाडौं-रक्सौल रेलमार्ग Read Previous

सम्झौता नहुँदा अघि बढ्न सकेन काठमाडौं-रक्सौल रेलमार्ग

सेयर बजारमा झिनो अंकको वृद्धि, ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

सेयर बजारमा झिनो अंकको वृद्धि, ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट