३६ मेगावाटको अपर बलेफी जलविद्युत् अन्तिम चरणमा, दशैंअघि नै विद्युत् उत्पादन

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित ३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

 

निजी क्षेत्रबाट निर्माणाधीन सो आयोजनाको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको अपर बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष उमेश कसजुले जानकारी दिए।

 

आयोजनाबाट उत्पादित विद्युत् दशैँअगावै परीक्षण गर्ने तयारीमा रहेको उनको भनाइ छ । सुरुङ निर्माणको काम एक वर्ष पहिले नै सम्पन्न भइसकेको बताइएको छ ।

 

जुगल गाउँपालिका–३ स्थित पाङरपु र लिदी नजिक बाँध बाधी ४ हजार ५०० मिटर सुरुङबाट वडा नं २ को बैकुण्ठेमा निर्माण गरिएको विद्युत्गृहमा पानी खसालिने छ ।

 

आयोजनाबाट उत्पादित विद्युत् २२ किलोमिटर प्रसारण लाइनबाट लामोसाँधुस्थित सब–स्टेशनमा आबद्ध गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

 

विसं २०७२ मा सुरु गरिएको सो अयोजना तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि बाढी पहिरो तथा कोभिड–१९ सङ्क्रमणजस्ता प्राकृतिक प्रकोपका कारण समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ ।

काठमाडौंका ३ नगरवासीे ‘नयाँ सहर’को विरोधमा, भन्छन्-प्लटिङ गर्दा कृषि जमीन सकिन्छ Read Previous

काठमाडौंका ३ नगरवासीे ‘नयाँ सहर’को विरोधमा, भन्छन्-प्लटिङ गर्दा कृषि जमीन सकिन्छ

चापागाउँ-सुनाकोठी सडक कालोपत्र गरेको ६ महिनामै उप्कियो, जताततै खाल्डैखाल्डा Read Next

चापागाउँ-सुनाकोठी सडक कालोपत्र गरेको ६ महिनामै उप्कियो, जताततै खाल्डैखाल्डा