सेयर बजारले गर्‍यो कमब्याक, यी ११ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजार लयमा फर्किएको छ । पछिल्ला ती कारोबार दिनमा १२३ अंकले घटेको बजार आज दोहोरो अंकले बढेको हो ।

 

सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब डेढ अर्बले बढेर साढे १३ अर्ब पुगेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से १७.६० अंकले बढेर ३१९४.०१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २३२ कम्पनीको १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९२ रुपैयाँ बराबरको २ करोड १६ लाख ९० हजार ५८५ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ४.८३ प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक समूह ४.२३ र फाइनान्स समूह ३.८२ प्रतिशतले बढेको छ ।

 

आज कारोबारमा आएका २३२ कम्पनीमध्ये ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ९४ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, अरुण काबेली हाइड्रोपावर ४५ करोड र रिडी हाइड्रोपावर ३४ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज ११ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नारायणी विकास बैंक, श्री इन्भेष्टमेन्ट, गुह्यश्वरी मर्चेन्ट, अरुण भ्याली, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला, घलेम्दी हाइड्रो र जीवन विकास लघुवित्तको सेयर मूलय ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

यसैगरी, खानीखोला हाइड्रोपावर, सिनर्जी डेभलपमेन्ट कम्पनी र दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज गुडविल फाइनान्सका डिबेञ्चरधनीले भने सबैभन्दा धेरै ३.९५ प्रतिशत गुमाएका छन् ।

चितवनको माडीमा १० वटा पुल बन्दै, अधिकांशको काममा ढिलाइ Read Previous

चितवनको माडीमा १० वटा पुल बन्दै, अधिकांशको काममा ढिलाइ

मेलम्चीको पानी काठमाडौं ल्याउन कम्तीमा ८ महिना लाग्ने, चैतसम्म ल्याउने तयारी Read Next

मेलम्चीको पानी काठमाडौं ल्याउन कम्तीमा ८ महिना लाग्ने, चैतसम्म ल्याउने तयारी