जीवन विकासको सेयर मूल्यमा लगातार १८ औं दिन पोजेटिभ सर्किट, प्रतिकित्ता कति पुग्यो भाउ ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा लगातार १८ औं दिन पोजेटिभ सर्किट लागेको छ । साउन १४ गतेदेखि कारोबारमा आएको लघुवित्तको त्यसयता सेयर मूल्य दैनिक १० प्रतिशतले बढ्दै आएको हो ।

 

९१४ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य १८ कारोबार दिनमा ५ गुणाले बढेर ४७२६ रुपैयाँ पुगेको छ । १८ दिनमै लघुवित्तको सेयर भाउ प्रतिकित्ता ३८१२ रुपैयाँ बढेको छ ।

 

कारोबारमा आएको तीन सातामा पनि लघुवित्तको सेयर आपूर्ति अत्यन्त न्यून रहेको छ । नेप्सेमा सर्वसाधरणतर्फको २० लाख कित्ता सेयर सूचीकृत भए पनि बलियो कम्पनी रहेकाले भाउ निकै माथि जाने आशामा सेयर विक्रीमा ल्याएका छैनन् । तीनसातामा लद्धुवित्तको करिब ५ हजार कित्ता सेयर मात्र कारोबार भएको छ ।

 

तुलनात्मक रुपमा निकै बलियो देखिएको लघुवित्तले गत वर्षको असार मसान्तसम्म ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

हाल ६० करोड ८४ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ३० करोड संचित रहेको छ ।समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ११३.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३१५.२२ रुपैयाँ रहेको छ ।

 

लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।

काठमाडौं भ्यूटावर निर्माण कछुवाको गतिमा, समयमै पूरा नहुँदा बसपार्क सारेकोसार्‍यै Read Previous

काठमाडौं भ्यूटावर निर्माण कछुवाको गतिमा, समयमै पूरा नहुँदा बसपार्क सारेकोसार्‍यै

अन्तर प्रदेश सवारीसाधन नवीकरण रोकियो, सवारीधनी आफ्नै प्रदेश धाउन बाध्य Read Next

अन्तर प्रदेश सवारीसाधन नवीकरण रोकियो, सवारीधनी आफ्नै प्रदेश धाउन बाध्य