व्यवसाय दर्ता शुल्क र वार्षिक करमा ५० प्रतिशत छुट

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाले महिला, आदिवासी जनजाति र अपाङ्गता भएका व्यक्तिलाई चालू आर्थिक वर्ष २०७८/७९ मा व्यवसाय दर्ता शुल्क तथा वार्षिक करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

 

नियमित कर बुझाइरहेकालाई चालू आवको कर सुरु भएको पहिलो तीन महिना आउँदो असोज मसान्तभित्र लाग्ने रकमको १० प्रतिशत र अर्को पुस मसान्तभित्र बुझाउन आउनेलाई ५ प्रतिशत छुट दिइने छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले आज जारी गरेको सूचनामा सो जानकारी दिइएको छ ।

 

यसैगरी परम्परागत घरेलु उद्योग ढाका, सुकुल र भाँडाकुँडाको व्यवसाय गर्नेलाई वार्षिक करमा २५ प्रतिशत छुट दिनाका साथै हालसम्म नगरपालिकामा व्यवसाय दर्ता नगरेकाले असोज मसान्तभित्र गरेमा लाग्ने राजस्व रकममा २५ प्रतिशत र कात्तिकदेखि पुस मसान्तसम्म दर्ता गरे १० प्रतिशत छुट दिइने जनाइएको छ ।

 

त्यसैगरी नगरपालिकाले गत आर्थिक वर्षको कर बुझाउन बाँकी रहेकालाई यही भदौ मसान्तसम्म वक्यौता बुझाउन आएमा नियमानुसार लाग्ने जरिवानाबापतको रकम छुट दिइनेसमेत जनाइएको छ ।

बीमाको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने Read Previous

बीमाको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने

सडकमा कालोपत्रको सट्टा कंक्रिट, टोखामा ५१ किलोमिटर सडक ढलान Read Next

सडकमा कालोपत्रको सट्टा कंक्रिट, टोखामा ५१ किलोमिटर सडक ढलान