सगुनको मिनी आइपीओ ३० डलरमा, कम्तीमा ९०० डलरको किन्नुपर्ने

काठमाडौं । सामाजिक सञ्जालमा आधारित ई–कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपीओ) अन्तर्गत उपलब्ध गराइएका सेयर ३१ अगष्ट २०२१ सम्म खरीद गर्न सकिने व्यवस्था गरेको छ ।

 

कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार इच्छुक लगानीकर्ताले ‘सी’ क्लासको सेयर, प्रतिकित्ता ३० डलरको दरले कम्तीमा ९०० डलरसम्म खरिद गर्न पाउने छन् ।

 

गत जुलाइको अन्त्यसम्ममा संसारभरिका ४ हजार ५०० भन्दा बढी लगानीकर्ताले सगुनको सेयर खरिद गरेका छन् । सगुनले अमेरिकी कम्पनी, एक्जेम्प्लर कन्सल्टिङ्गसँग लगानी, व्यापार, आय तथा भविष्यको वृद्धिबारे रणनीति सहकार्यसम्बन्धी सम्झौता गरेको सहव्यवस्थापक कविन सिटौलाले जानकारी दिए।

 

सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालय रहेको जनाइएको छ ।

 

सगुन एप गुगल प्लेस्टोर र एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने त्यसको प्ल्याट फर्ममा प्रयोगकर्ताले आफ्नो कथा, फोटो र भिडियो शेयर गर्न स्क्छन् भने आफ्ना साथीसँग कुराकानी गर्छन् र उनीहरुले कमाएको ‘स्मार्ट क्वाइन’ परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्ने व्यवस्था गरिएको छ ।

जीवन विकास बन्यो दोस्रो धेरै महँगो सेयर मूल्य हुने लघुवित्त, प्रतिकित्ता कति पुग्यो भाउ ? Read Previous

जीवन विकास बन्यो दोस्रो धेरै महँगो सेयर मूल्य हुने लघुवित्त, प्रतिकित्ता कति पुग्यो भाउ ?

हाइड्रोको सेयरमा यसरी भइरहेको छ अत्यधिक चलखेल, सचेत रहन आग्रह Read Next

हाइड्रोको सेयरमा यसरी भइरहेको छ अत्यधिक चलखेल, सचेत रहन आग्रह