ङादी ग्रुपको लाभांश घोषणा, २०० प्रतिशत हकप्रद प्रस्ताव

काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश् घोषणा गरेको छ ।

 

कम्पनी संचालक समितिको आइतबार बसेको बैठकले गत आवको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

 

यस्तै, कम्पनीले प्रस्तावित लाभांश वितरणपछि कायम हुने चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

कुखुराको सुलीबाट बिजुली ! Read Previous

कुखुराको सुलीबाट बिजुली !

हतियारमा पैसा खर्चै नगरी तालिबान अफगानिस्तानमा पकड जमाउन कसरी भयो सफल ? Read Next

हतियारमा पैसा खर्चै नगरी तालिबान अफगानिस्तानमा पकड जमाउन कसरी भयो सफल ?