मानुषी लघुवित्तको आइपीओमा ४८ गुणा बढी आवेदन, दुई दिनमा कतिले भरे ?

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदनको ओइरो लागेको छ ।

 

कम्पनीको सेयर विक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङका अनुसार बिहीबार ५ बजेसम्म १३ लाख ४७ हजार ८०८ जनाले १ करोड ७७ लाख ७० हजार ३० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २८.२१ गुणा धेरै हो ।

 

कम्पनीले बुधबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

 

कुल निष्काशित आइपीओमध्ये ५ हजार ४६९ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको आइपीओमा साउन ३१ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिभित्र विक्री नभएका भने ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

 

लघुवित्तको आइपीओमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखाका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी (ट्रिपल बी) प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमै दायित्व वहन गर्नसक्ने क्षमता औसतमा मध्यम रहेको जनाउँछ ।

 

हाल ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशनपछि चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।

नयाँ बजेटमा स्रोत बिनाका योजना कटौती, राष्ट्रिय गौरवका आयोजना निरन्तरता Read Previous

नयाँ बजेटमा स्रोत बिनाका योजना कटौती, राष्ट्रिय गौरवका आयोजना निरन्तरता

पोको एम ३ प्रो नेपालमा लञ्च, कति पर्छ मूल्य ? Read Next

पोको एम ३ प्रो नेपालमा लञ्च, कति पर्छ मूल्य ?