काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा सामान्य गिरावट देखिएको छ। आज सेयर बजार मापक सूचक नेप्से ०.९९ अंकले घटेर १२१३.०६ अंकमा आइपुगेको छ ।
आज १७२ कम्पनीको १० लाख ७७ हजार ७२० कित्ता सेयर २६ करोड १६ लाख ७० हजार २०३ रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार कारोबार भएका १२ समूहमध्ये ४ वटा समूहको सूचक उकालो लागेका छन् भने ८ वटा समूहको सूचक ओरालो लागेका छन् ।
आज सबैभन्दा धेरै होटल समूहको सूचक ११.१६ अंकले बढेको छ भने निर्जीवन बीमा सकूहको सूचक ४१.०१ अंक्ले घटेको छ ।
आज कारोबार रकमका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । यसको १ करोड ९१ लाख ४० हजार ८११ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबार रकमकै आधारमा प्रभु बैंक र कृषि विकास बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे । बिहीबार उच्च कारोबार गर्ने शिर्ष १० कम्पनीमा ६ वटा वाणिज्य बैंक रहेका छन्।
आजबाटै सेयर कारोबार खुलेको सबैको लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ५.९६ प्रतिशतले बढेको छ । त्यस्तै सिभिल लघुवित्त, दिव्यश्वरी हाइड्रोपावरको मूल्य पनि ५ प्रतिशतभन्दा बढीले बढेको छ।
त्यसैगरी आज सिर्जना फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ४.७४ प्रतिशतले घटेको छ ।