चन्द्रागिरीको सेयरमा किन एक्कासी झुम्मिए लगानीकर्ता ? किन्नेको ओइरो लाग्दा बेच्ने शून्य

काठमाडौं । चन्द्रागिरी हिल्सको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज साढे १२ बजेसम्म यसको मूल्य करिब १० प्रतिशत अर्थात प्रतिकित्ता १४८ रुपैयाँले बढेर १६३७ रुपैयाँ पुगेको छ ।

 

यस समयसम्म ३६ हजार बढी कित्ता सेयरखरिदका लागि माग भएको छ भने विक्रीकर्ता शून्य छन् । पछिल्लो ४ महिनायता लगातार मूल्य घटेको कम्पनीको सेयरमा आज एक्कासी लगानीकर्ताको आकर्षण देखिएको हो । गत चैत २३ गते प्रतिकित्ता २८०० पुगेको चन्द्रागिरीको सेयर मूल्य त्यसयता निरन्तर घटेर आज बिहान १४८० रुपैयाँसम्म आएको थियो ।

 

कोरोनाका कारण डेढ वर्ष यता व्यापार गर्न नसकेको कम्पनी करोडौं घाटामा भए पनि आज एकाएक सेयर मूल्य उकालो लागेको छ । थोरै सेयर भएकाले स्वार्थ समूहले कर्नरिङ गरी मूल्य उचालेको अनुमान गरिएको छ ।

 

विगतमा पनि स्वार्थ समूहले चलखेल गरी २८०० सम्म पुर्याएको र त्यसपछि झन्डै आधाले मूल्य घट्दा सस्तोमा सेयर किनेकाहरुले अब फेरि भाउ बढाएर सेयर बेच्न चलखेल गरेको हुनसक्ने अनुमान गरिएको छ ।

 

कम्पनीको सेयरप्रति आकर्षति हुनु पर्ने ठोसकारण नभएपनि आज एकाएक सेयरको माग बढ्न थालेपछि लगानीकर्ता त्यसकै पछि दौडिँदा सेयर मूल्य ह्वात्तै बढेको हो ।

 

कोरोनाका कारण वैशाख यता चन्द्रागिरीको व्यापार ठप्प छ भने तत्कालै संचालनमा आउने सम्भावना पनि देखिएको छैन । चैत मसान्तसम्म १८ करोड रुपैयाँ घाटामा रहेको कम्पनीको घाटा साउनसम्म आइपुग्दा झनै बढ्ने निश्चित छ ।

घरको इनार खन्दा भेटियो झन्डै १२ अर्बको नीलमणि ! Read Previous

घरको इनार खन्दा भेटियो झन्डै १२ अर्बको नीलमणि !

जीवन विकास लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, सेयर मूल्य पहिलो दिनमै १ हजार पुग्ने ! Read Next

जीवन विकास लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, सेयर मूल्य पहिलो दिनमै १ हजार पुग्ने !