नबिल बैंक बन्यो २ खर्ब पूँजीकरण हुने एक मात्र कम्पनी

काठमाडौं । पछिल्लो समय निरन्तर सेयर मूल्य बढेपछि नबिल बैंकको बजार पूँजीकरण २ खर्ब नाघेको छ । योसँगै नबिल सेयर बजारमा २ खर्ब पूँजीकरण हुने एक मात्र कम्पनी बनेको हो ।

 

यसैसाता बजार पूँजीकरणको आधारमा सेयर बजारको सबैभन्दा ठूलो कम्पनी बनेको नबिलको पूँजीकरण पहिलोपटक २ खर्ब माथि पुगेको हो ।

 

नेप्सेका अनुसार आइतबार नबिलको पूँजीकरण २ खर्ब २ अर्ब १३ करोड रुपैयाँ रहेको छ । पछिल्लो ६ कारोबार दिनमा मात्रै नबिलको सेयर मूल्य प्रतिकित्ता १४९९ रुपैयाँ पुगेको छ ।

 

यसअघि नेपाल टेलिकम र नेपाल पुर्नबीमा कम्पनीको पूँजीकरण २ खर्ब पुगेको थियो । तर, पछिल्लो समय यी दुवै कम्पनीको सेयर मूल्य घट्दा बजार पूँजीकरण पनि २ खर्ब मुनि झरेको थियो ।

 

नेप्सेमा नबिल बैंकको १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता सेयर सूचीकृत छ । जसमा सर्वसाधरणको हिस्सा ४० प्रतिशत अर्थात् ५ करोड ३९ लाख २० हजार ६३६ कित्ता सेयर रहेको छ ।

तामाकोशी पाँचौंमा सञ्चयकोष एक्लैले १२ अर्ब लगानी गर्ने Read Previous

तामाकोशी पाँचौंमा सञ्चयकोष एक्लैले १२ अर्ब लगानी गर्ने

एउटा घरले इमाडोल-लामाटार सडक विस्तारमा ढिलाइ, अब ६० मिटर मात्र बनाउन बाँकी Read Next

एउटा घरले इमाडोल-लामाटार सडक विस्तारमा ढिलाइ, अब ६० मिटर मात्र बनाउन बाँकी