साउन १४ देखि मैलुङ खोला जलविद्युतको आइपीओ खुल्ने

काठमाडौं । मैलुङ खोला जलविद्युत्ले साउन १४ गतेदेखि कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आइपीओ विक्रीमा ल्याउने भएको हो ।

 

निष्काशन हुने कुल सेयरमध्ये २ प्रतिशत (१४ हजार ७२६ कित्ता) कम्पनीक कर्मचारी र ५ प्रतिशत (३६ हजार ८१४) कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले यस अघि नै आयोजना प्रवाभित रसुवाका स्थानीयका लागि ३ लाख ६८ हजार १४४ कित्ता १० प्रतिशत आइपीओ विक्री गरिसकेको छ ।

 

कम्पनीको आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै आइपीओ विक्री नभएमा भने साउन २८ गतेसम्म आवेदन दिन पाइने छ ।

 

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धका सिद्धार्थ क्यापिटल रहेको छ ।

 

लगानीकर्ताले धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्राएनपी ग्रेड ५’ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता कमजोर रहेको जनाउँद छ ।

 

कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनी संस्थापक समूहको ७० प्रतिशत, स्थानीय बासीन्दाको १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व संरचना रहेको छ ।

 

कम्पनीले रसुवा जिल्लाको डाँडागाउँमा ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजना बनाइरहेको छ ।

डिशहोम फाइबरनेट सेवा धरानमा शुरु Read Previous

डिशहोम फाइबरनेट सेवा धरानमा शुरु

कर्णाली राजमार्गमा एकैवर्ष १२ नयाँ पक्की पुल निर्माण सम्पन्न Read Next

कर्णाली राजमार्गमा एकैवर्ष १२ नयाँ पक्की पुल निर्माण सम्पन्न