कार्यभार सम्हालेको पहिलो दिनमा अर्थमन्त्री शर्माले गरे यी ३ महत्वपूर्ण निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हालेको पहिलो दिन तीन निर्णय गरेका छन् ।

 

बुधबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कोरोना विरुद्धको खोप किन्नका लागि ५ अर्ब उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप खरिदका लागि अर्थमन्त्रालयले थप ५ अर्ब निकासा गरेको हो ।

 

यस्तै, अर्थमन्त्री शर्माले कोरोना महामारीका बीच जनताको जीवन रक्षाका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्य क्षेत्रमा कर्मचारीका लागि विशेष जोखिम भत्ता स्वीकृत गरेका छन् ।

 

यस्तै, उनले आईसीयू, भेन्टिलेटरलगायत कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद गर्न मन्त्रालयले यसअघि दिएको सहमति अनुसारको काम गरेपछि रकम निकासा गर्ने निर्णय गरेका छन् । यसका लागि संघीय तथा निजी अस्पतालका लागि ९६ करोड १२ लाख ११ हजार रुपैयाँ उपलब्ध हुनेछ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा थानकोट डिपोमा धर्ना, ढुवानी रोकियो Read Previous

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा थानकोट डिपोमा धर्ना, ढुवानी रोकियो

नयाँ अर्थमन्त्रीलाई सेयर बजारको हरियो झन्डा, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी Read Next

नयाँ अर्थमन्त्रीलाई सेयर बजारको हरियो झन्डा, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी