हाइड्रोपावरमा लगानी बढ्दै, ३० आयोजनामा १ खर्ब १० अर्ब लगानी प्रस्ताव

काठमाडौं । व्यवसाहीहरुले ऊर्जा क्षेत्रमा लगानी बढाउँदै लगेका छन् । चालू आर्थिक वर्षमा ऊर्जामूलक क्षेत्रमा उद्यमीहरुले डेढ खर्ब लगानी प्रतिबद्धता जनाएका हुन् ।

 

उद्योग विभागका अनुसार चालू आवमा ऊर्जा क्षेत्रमा १ खर्ब ९ अर्ब ९७ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ । यो गत वर्षको तुलनामा साढे ९ अर्ब बढी हो । गत वर्ष ऊर्जा क्षेत्रमा १ खर्ब २० करोड लगानी प्रस्ताव आएको थियो ।

 

चालू आवमा ३० नयाँ जलविद्युत् कम्पनीमा १ खर्ब ९ अर्ब ९७ करोड लगानी प्रस्ताव आएको छ । ती आयोजनाबाट ६२० मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने जनाइएको छ ।

 

चालू आवमा ३० नयाँ जलविद्युत् कम्पनी दर्ता भएको विभागले जनाएको छ । ती कम्पनीले निर्माण गर्ने हाइड्रोपावरबाट ६२० मेगावाटभन्दा बढी विद्युत् उत्पादन गरिने जनाइएको छ । गत आर्थिक वर्षमा ऊर्जा तर्फ १ खर्ब २० करोड रुपैयाँ लगानीका उद्योगहरु दर्ता भएका थिए । सो लागतमा ४४ जलविद्युत्् आयोजना निर्माण गरिने प्रस्ताव गरिएको थियो ।

 

स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष आशिस गर्गले अन्तर्राष्ट्रिय बजारमा पनि बिजुली बेच्न सकिने भएसँगै यस क्षेत्रमा लगानीकर्ता आकर्षित हुन थालेको बताए । पछिल्लो समय निजी क्षेत्रले पनि ठूला आयोजनाका लगानी गर्न थालेको उनको भनाइ छ ।

 

कहाँ -कहाँ बन्दैछन् नयाँ जलविद्युत् आयोजना ?

 

म्यादीमा ९८ मेगावाट क्षमताका ४ आयोजना निर्माण हुने

 

विभागका अनुसार चालू आवमा म्याग्दी जिल्लामा निर्माण हुने गरी ४ वटा आयोजना दर्ता भएका छन् । सुश्मित इनर्जीलले म्यादीको धवलागिरी नगरपालिकामा ३८ करोड ३० लाख रुपैयाँ लगानीमा २० मेगावाटको आयोजना बनाउने प्रस्ताव गरेको हो ।

 

यस्तै, म्याग्दीमै हाइड्रो भिलेज प्रालिले ५७.३० मेगावाटको विद्युत् आयोजना बनाउने प्रस्ताव गरेको छ । सो कम्पनीले १० अर्ब ३१ करोड ७४ लाख रुपैयाँ लगानीमा आयोजना निर्माण गर्ने भएको हो ।

 

यस्तै, धवलागिरी नगरपालिकामै धौलाश्री पावर कम्पनीले २ अर्ब ९७ करोड रुपैयाँ लगानीमा १५ मेगावाट, दरखोला हाइड्रोपावर कम्पनीले १ अर्ब १९ करोड रुपैयाँ लगानीमा ६.५ मेगावाटको आयोजना निर्माण गर्ने प्रस्ताव गरेको हो ।

 

दोलखामा पनि ४ आयोजना प्रस्ताव

 

दोलखामा आलम्पु जलविद्युत् विकास कमपनीले १० मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । सो कमपनीले १ अर्ब ६६ करोड रुपैयाँ लगानीमा विद्युत् उतपादन गर्न लागेको हो ।

 

यस्तै, दोलखाको वैतेश्वर नगरपालिकामा दिपज्योती हाइड्रोपावर प्रालिले ५५० किलोवाटको विद्युत् उत्पादन गर्ने भएको छ । उक्त कम्पनीले आयोजनामा ११ करोड ७५ लाख रुपैयाँ लगानीमा गर्ने भएको हो।

 

यस्तै, जिरी नगरपालिकामा पाथीभरा हाइड्रोपावर प्रालिले २८ करोड ४६ लाख रुपैयाँ लगानीमा १.१ मेगावाट, दोलखाको जिरी र रामेछापको गोकलगंगाउँपालिकामा निलगंगा हाइड्रोपावर कम्पनीले १ अर्ब ६७ करोड ३७ लाख रुपैयाँ लगानीमा ९ मेगावाटको आयोजना बनाउने प्रस्ताव गरेको हो ।

 

कास्कीमा ५८ मेगावाटको आयोजना

 

कास्कीको पोखरा महानगरपालिकामा २२ मेगावाट विद्युत् आयोजना निर्माण हुने भएको छ । सेतिखोला हाइड्रोपावर प्रालिले ५ अर्ब ५६ लाख रुपैयाँ लगानीमा उक्त आयोजना निर्माण गर्न लागेको हो । यस्तै, श्रेष्ठ इनर्जी सोलुसनले २ अर्ब २८ करोड रुपैयाँ लगानीमा १३ मेगावाट, मन्दाकिनी हाइड्रोपावर कम्पनीले ५६ करोड ९९ लाख लगानीमा माछापुच्छे नगरपालिकामा २.९ मेगावाट र सोही नगरपालिकाको वडा १ मा २० मेगावाटको आयोजनामा अपर सेती हाइड्रो प्रालिले ३ अर्ब ६८ करोड ४६ लाख रुपैयाँ लगानी प्रस्ताव गरेको छ ।

 

यसैगरी, कालिका कन्सट्रक्सन प्रालिले १ अर्ब ६५ करोड रुपैयाँ लगानीमा गोर्खामा ८.३ मेगावाट, रिजलाइन इनर्जीले १ अर्ब ६५ करोड ७८ लाख रुपैयाँ लगानीमा गोरखाको अजिरकोट नगरपालिकामा ९.०५ मेगावाट, वाटर इनर्जीले गोर्खाको धार्चे १६ मेगावाटको आयोजनामा २ अर्ब ९३ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएके छ ।

 

यस्तै, कावेली हाईड्रोपावर कम्पनीले ताप्लेजुङमा ४ अर्ब २७ करोड ४१ लाख लगानीमा २१.९३ मेगावाट, रेमिट हाइड्रो लिमिटेडले १७ अर्ब ६२ करोडमा ७७.५ मेगावाट, एपेक्स मकालु हाएड्रोपावर प्रालिले ४ अर्ब ७ करोड लगानीमा सोलुखुम्बुको महाकुलुङ नगरपालिकामा २२ मेगावाट, गौरिशंकर पावर डेभलपमेन्टले सोही जिल्लामा २२.९ मेगावाटको आयोजनामा ४ अर्ब ६९ करोड रुपैयाँ लगानी प्रस्ताव गरेको छ ।

 

बलेफी इनर्जी प्रालिले सिन्धुपाल्चोकको जुगल नगरपालिकामा ५ अर्ब ९६ करोडमा ४० मेगावाट, गुराँस हाइड्रो प्रालिले सिन्धुपाल्चोककै सिलिचोङ नगरपालिकामा ५ अर्ब ९७ करोडमा ४१.६ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । गुराँस हाईड्रो प्रालिले ५ अर्ब ९७ करोड रुपैयाँ लगानीमा गर्ने प्रस्ताव गरेको छ ।

 

सुपर वागमती हाइड्रोपावर प्रालिले ५ अर्ब ८७ करोडमा मकवानपुरमा ४१.८६ मेगावाट, सेप्ली हाइड्रोपावर कम्पनीले ८९ करोडमा ओखलढुंगामा ५ मेगावाट, भलापा इनर्जी प्रालिले झापाको शिवसताक्षी ८१ करोड लगानीमा १० मेगावाटको आयोजना निर्माण प्रस्ताव गरेको छ ।

 

छोरी जन्मिए गाउँपालिकाले बैंक खातामा १५ हजार जम्मा गर्दिने Read Previous

छोरी जन्मिए गाउँपालिकाले बैंक खातामा १५ हजार जम्मा गर्दिने

युनियन लाइफको आइपीओमा आवेदनको ओइरो, कति जनाले भरे ? Read Next

युनियन लाइफको आइपीओमा आवेदनको ओइरो, कति जनाले भरे ?