साउन ५ देखि एचआइडीसीएलको हकप्रद खुल्ने, कहिलेसम्म सेयर किन्नेले भर्न पाउँछन् ?

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले आगामी साउन ५ गतेदेखि हकप्रद सेयर विक्री गर्ने भएको छ ।

 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड हकप्रद जारी गर्न लागेको हो ।

 

कम्पनीको हकप्रदमा साउन २५ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिलट लिमिटेड रहेको छ।

 

कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि जेठ २८ गते बुक क्लोज मिति तोकेको थियो । तसर्थ, जेठ २७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको हकप्रद भर्न पाउनेछन् ।

 

हाल ११ अर्ब चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद पछि चुक्ता पूँजी २२ अर्ब रुपैयाँ पुग्नेछ ।

 

नागरिक लगानी कोषद्धारा १ खर्ब ७२ अर्ब लगानी Read Previous

नागरिक लगानी कोषद्धारा १ खर्ब ७२ अर्ब लगानी

सिभिल बैंकका सीईओ सुनिल पोखरेलले सम्हाले कार्यभार Read Next

सिभिल बैंकका सीईओ सुनिल पोखरेलले सम्हाले कार्यभार