अब खुलामञ्च क्षेत्रमा गाडी रोक्न नपाइने, ‘पिक एण्ड ड्रप’ प्रणाली लागू

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चस्थित बसपार्क हटाएसँगै सार्वजनिक सवारीसाधन पिक एण्ड ड्रप (ओराल्ने र चढाउने) प्रणालीमा सञ्चालन हुने भएका छन् ।

 

पिक एण्ड ड्रप लागू भएसँगै अब साना तथा ठूला सार्वजनिक सवारीसाधन उक्त क्षेत्रमा लामो समयसम्म एकै स्थानमा रोकिएर बस्न पाउने छैनन् ।

 

साथै उनीहरुले खुल्लामञ्चमा सवारी पार्किङ समेत गर्न पाउने छैनन्। काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क हटाएर काठमाडौं टावर निर्माण गर्न थालेपछि बसपार्कलाई खुल्लामञ्चमा सारिएको थियो।

 

अहिले खुल्लामञ्चबाट पनि बसपार्क हटाएपछि यातायात व्यवसायी तथा मजदुरहरुले महानगरको निर्णयको विरोध गर्दै आएका थिए।

 

महानगरपालिका र यातायात व्यवसायीका प्रतिनिधि तथा मजदुरका प्रतिनिधिहरुबीच मंगलबार भएको छलफलमा आरएनएसी आसपास, न्युरोड गेट अगाडि र वीर अस्पताल अगाडिको रोडमा नै पिक एण्ड ड्रपको सिस्टम अध्यावधी गरेर व्यवस्था मिलाउने सहमति भएको छ ।

 

पहिरोले भीमफेदी-कुलेखानी सडकखण्ड अवरुद्ध Read Previous

पहिरोले भीमफेदी-कुलेखानी सडकखण्ड अवरुद्ध

अब अन्तर्राष्ट्रिय क्षेत्रमा हुलाकका चिठ्ठीपत्र निगमका जहाजले बोक्ने Read Next

अब अन्तर्राष्ट्रिय क्षेत्रमा हुलाकका चिठ्ठीपत्र निगमका जहाजले बोक्ने