सेयर बजार फेरि गयो पहिरो, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

काठमाडौं । सेयर बजारमा फेरि ठूलो गिरावट आएको छ । यससाता शुरुका दुई दिन केही सम्हालिए पनि बजार फेरि ओरालो लागेको हो ।

 

पछिल्लो दुई साता यता सेयर बजारमा गिरावट जारी छ । सूचकसँगै कारोबार रकममा पनि गिरावट को छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १ अर्बले घटेर पौने ७ अर्बमा सीमित भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ४७.५० अंकले घटेर नेप्से २८२८ विन्दुमा आइपुगेको छ । आज २२३ कम्पनीको ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँ बराबरको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १३ वटा समूहमध्ये माइक्रोफाइनान्स बाहेक सबै समूहको परिसूचक राताम्मे भएका छन् । माइक्रोफाइनान्स समूह २६.४ अंकले बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.११ प्रतिशत, विकास बैंक ३.९५ प्रतिशतले घटेको छ ।

 

आज कारोबारमा आएका २२३ कम्पनीमध्ये जम्मा ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्यमा गिरावट आएको छ । १३० कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज राधी विद्युत् कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ५० करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेशनल हाइड्रो ३७ करोड र एचआइडीसीएल २९ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

उच्च अंकले घटेको बजारमा आज प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ८.५५ प्रतिशतले घटेको छ । यस्तै, एचआइडीसीएल र बेस्ट फाइनान्सका सेयरधनीले ८ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

 

यसैगरी, आज श्री इन्भेष्मेन्ट फाइनान्स ७.१८, सेन्टर फाइनान्स ६.९०, लुम्बिनी विकास बैंक ६.७०, युनियन हाइड्रो ६.५७, गुडविल फाइनान्स ६.३६, कर्णाली विकास बैंक, मल्टीप्रपोज, समृद्धि फाइनान्स र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

घट्दो बजारमा आज ओरेन्टल होटलको सेयर मूल्य सबैभन्दा धेरै ५.५७ प्रतिशतले बढेको छ ।

मध्यपहाडी राजमार्गमा ८६ पुलको निर्माण पूरा, २१ वटा ठेक्का लाग्‍नै बाँकी Read Previous

मध्यपहाडी राजमार्गमा ८६ पुलको निर्माण पूरा, २१ वटा ठेक्का लाग्‍नै बाँकी

लगानी कोषले अवकाश कोषमा आबद्धलाई थप १ प्रतिशत प्रतिफल दिने Read Next

लगानी कोषले अवकाश कोषमा आबद्धलाई थप १ प्रतिशत प्रतिफल दिने