काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको सोमबार बसेको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई १६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.५० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय अर्थ मन्त्रालय, बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।
संचालनमा आएको ६ वर्षको अवधिमा कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको यो पहिलो पटक हो । हाल १० अर्ब चुक्ता पूँजी रहेको कम्पनीको बोनस वितरण पछि ११ अर्ब ६५ करोड पुग्नेछ ।
