एनआइसी एशियाको ३० लाख कित्ता ऋणपत्र विक्री खुला, कति कित्ता भर्ने ?

काठमाडौं । आज (असार ६ गते)देखि एनआइसी एशिया बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री खुला भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ८.५ प्रतिशत ब्याजदरको ‘एनआइसी ऋणपत्र २०८८’ नामक ऋणपत्र विक्रीमा ल्याएको हो ।

 

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले ३ अर्ब रुपैयाँ बराबको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशिन कुल ३० लाख ऋणपत्रमध्ये १८ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई विक्री गर्नेछ भने १२ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

 

बैंकको ऋणपत्रमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै ऋणपत्र विक्री नभएमा ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ ।लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

 

बैंकको ऋणपत्रमा लगानीकर्ताले सी आस्वा इजाजत अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रको विक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

 

बैंकको ऋणपत्रलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपाल ‘केयर एनपी सिंगल ए रेटिङ’ प्रदान गरेको छ । यसले बैंकको ऋणपत्रमा लगानी गर्नु सुरक्षित रहेको जनाउँदछ ।

बाढीपहिरोले डेढदर्जन हाइड्रोपावरमा क्षति, १० अर्ब बढीको नोक्सानी Read Previous

बाढीपहिरोले डेढदर्जन हाइड्रोपावरमा क्षति, १० अर्ब बढीको नोक्सानी

एक हप्तादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन Read Next

एक हप्तादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन