उदयपुर सिमेन्टको ३.३८ अर्बको आइपीओ आउँदै, विशेष प्रस्ताव पारित

काठमाडौं । सरकारी स्वामित्वको उदयपुर सिमेन्टले ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको साधरण सेयर (आइपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

 

उद्योगको आइतबार सम्पन्न वार्षिक साधरण सभाले उक्त प्रस्ताव पारित गरेको हो । साधरण सभाले ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २०० रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

 

उद्योगको नाममा रहेको १ अर्ब ७२ करोड ५० लाख रुपैयाँ सावाँ र १ अर्ब ६६ करोड ९ लाख २० हजार २०० रूपैयाँ ब्याज तिर्न सो रकम बराबरको सेयर जारी गर्न लागेको हो ।

 

उद्यागले एकैपटक १४ आर्थिक वर्ष (२०औंदेखि ३३औं ) को साधरण सभा सम्पन्न गरेको हो । यस्तै, सभाले उद्योगले हालको अधिकृत पूँजी ४ अर्ब रूपैयाँबाट वृद्धि गरी १० अर्ब कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

 

याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउन निर्माण अघि बढाइँदै Read Previous

याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउन निर्माण अघि बढाइँदै

अब बैंकले आफैंले तय गरेर शाखा खोल्न सक्ने, हट्यो सञ्चालनको कोटा Read Next

अब बैंकले आफैंले तय गरेर शाखा खोल्न सक्ने, हट्यो सञ्चालनको कोटा