२००% हकप्रद जारी गर्न अनुमति मागेको नारायणीले १००% मात्र निष्काशन गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नारायणी विकास बैंकको हकप्रद परिमार्जन गरिदिएको छ । २०० प्रतिशत हकप्रद जारी गर्न अनुमति मागेको नारायणीलाई राष्ट्र बैंकले १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा मात्रै हकप्रद गर्न अनुमति दिएको छ ।

 

यसै वर्ष मात्र संकटग्रस्त मुक्त भएको नारायणीको वित्तीय अवस्था कमजोर रहेको छ । बैंकले यसअघि नै १०० प्रतिशत हकप्रद जारी गरिसकेको छ भने पुनः २०० प्रतिशत जारी गर्न अनुमति मागेको थियो । तर, राष्ट्र बैंकले १०० प्रतिशत मात्र हकप्रद जारी गर्न स्वीकृति दिएको हो ।

 

हाल १३ करोड १२ लाख ३४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैैंकको १ः१ अनुपातमा हकप्रद जारी पछि चुक्ता पूँजी २६ करोड २४ लाख ६८ हजार पुग्नेछ ।

 

सन् २०२२ सम्म विश्वमा बेरोजगारको संख्या साढे २० करोड पुग्ने Read Previous

सन् २०२२ सम्म विश्वमा बेरोजगारको संख्या साढे २० करोड पुग्ने

बुद्धको एटीआर-७२ जहाजद्धारा तुम्लिङटारमा परीक्षण उडान, भाडा २३०० सस्तो हुने Read Next

बुद्धको एटीआर-७२ जहाजद्धारा तुम्लिङटारमा परीक्षण उडान, भाडा २३०० सस्तो हुने