काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीको सेयर कारोबार रोेक्का भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीले समयमै तोकिएको वित्तीय विवरणहरु सार्वजनिक नगरेको भन्दै कारोबार रोक्का गरेको हो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) (क) मा भएको व्यवस्था बमोजिम वित्तीय विवरण पेश नगरेकाले सोही विनियमावलीको १६ (१) (घ) अनुसार कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।