निफ्राको प्रमोटर सेयर होल्डर इमर्जिङ नेपालले आइपीओ जारी गर्न यायो यस्तो रेटिङ

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले प्राथमिक साधारण सेयर (आइपीओ) निष्काशनका लागि रेटिङ सम्पन्न गराएको छ ।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम जोखिम रहेको जनाउँदछ ।

 

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता साधारण सेयर विक्री गर्न लागेको हो ।

 

कम्पनीले आइपीओ निष्काशनका लागि यसअघि नै एनआइसी एशिया क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।

 

इमर्जिङ नेपाल विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनी हो । यसले नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा समेत प्रमोटर सेयर होल्डरको रुपमा लगानी गरेको छ । निफ्रामा इमर्जिङको २५ करोड रुपैयाँ लगानी छ ।

अब यी २५ अत्यावश्यक क्षेत्रमा हडताल गर्न नपाइने, गरे कारबाही हुने Read Previous

अब यी २५ अत्यावश्यक क्षेत्रमा हडताल गर्न नपाइने, गरे कारबाही हुने

दया फाउण्डेशनद्धारा विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री प्रदान Read Next

दया फाउण्डेशनद्धारा विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री प्रदान