निर्धन उत्थान लघुवित्तको सेयर ५५० रुपैयाँमा किन्ने अवसर ! कहाँबाट दिने आवेदन ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको संस्थाप समूहको (प्रमोटर) १ लाख बढी कित्ता सेयर आज (जेठ १३ गते) देखि लिलामीमा ल्याएको छ ।

 

लघुवित्तले संस्थापक समूहको १ लाख ५ हजार ५९२ कित्ता सेयर लिलामीमा ल्याएको हो । लघुवित्तको सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

 

कम्पनीको लिलामी सेयरमा जेठ २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 

लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरु र सर्वसाधरणले समेत आवेदन दिन सक्नेछन् ।

 

इच्छुक लगानीकर्ताले एनआइबीएल एस क्यापिटल, लाजिम्पाटमा आवेदन दिन सक्नेछन् ।

खाद्यान्न सकियो ? यी नम्बरमा फोन गरेर अर्डर गर्नुस्, सरकारी कम्पनीले घरमै ल्याइदिन्छ Read Previous

खाद्यान्न सकियो ? यी नम्बरमा फोन गरेर अर्डर गर्नुस्, सरकारी कम्पनीले घरमै ल्याइदिन्छ

थप ४१ अस्पताललाई अर्थले दियो डेढ अर्ब, कुन अस्पतालले कति पाए ? Read Next

थप ४१ अस्पताललाई अर्थले दियो डेढ अर्ब, कुन अस्पतालले कति पाए ?