माइक्रोफाइनान्सको सेयरमा पहिरो, अधिकांश कम्पनीको मूल्यमा भारी गिरावट

काठमाडौं । माइक्रोफाइनान्स समूहको सेयरमा भीषण पहिरो गएको छ । बजार खुलेको ५ मिनेटमै यस समूहको परिसूचक ५ प्रतिशतभन्दा धेरैले (करिब २३५ अंकले) घटेको छ ।

 

अधिकांश कम्पनीहरुको सेयर मूल्यमा भारी गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाले लघुवित्तको सेयर किनबेच गर्न नपाउने व्यवस्था गरेपछि त्यसको प्रभाव बजारमा परेको हो ।

 

लगानीकर्ता आँत्तिएर धमाधम सेयर बेच्दा सूचकमा गिरावट आएको हो । यद्यपि, लघुवित्तको साधारण सेयर खरिदमा रोक लगाए पनि यस अघि खरिद गरेको सेयर २०७८ पुससम्म विक्री गर्न भने पाउनेछन् ।

 

राष्ट्र बैंकको यो व्यवस्थाले सर्टट्रम ट्रेडरलाई घाटा लाग्ने देखिए पनि लङट्रम इन्भेष्टरलाई भने फाइदा पुर्याउने जानकारहरु बताउँछन् । साथै, बजारलाई परिपक्व र बलियो बनाउने उनीहरुको भनाइ छ ।

 

अन्य क्षेत्रका कम्पनीको तुलनामा आकर्षक नाफा कमाउने र धेरै लाभांश दिने भएकाले माइक्रोफाइनान्सको सेयर बेच्न हतारिन नहुने जानकारहरु बताउँछन् ।

चीनपछि विश्वमै पहिलोपटक हेलम्बुमा 'हिमालयन ग्रेट ट्रेल’ बन्दै, ३ अर्ब खर्च हुने Read Previous

चीनपछि विश्वमै पहिलोपटक हेलम्बुमा 'हिमालयन ग्रेट ट्रेल’ बन्दै, ३ अर्ब खर्च हुने

काठमाडौंका तीन स्थानमा पुनः देखियो बर्डफ्लु Read Next

काठमाडौंका तीन स्थानमा पुनः देखियो बर्डफ्लु