काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीले गत वर्षको नाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न साधरण सभा प्रयोजनाका लागि भोलि (जेठ १४गते) बुकक्लोज तोकेका छन् । तसर्थ, आजसम्म कायम रहने सेयरधनीले दुवै इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउनेछन् ।
लुम्बिनि जनरलले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले जेठ २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।
त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्सले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सिद्धार्थले उक्त लाभांश पारित गर्न जेठ २८ गते सभा डाकेको छ ।
दुवै कम्पनीको वार्षिक साधरण सभाले लाभांश प्रस्ताव पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।