काठठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।
बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले आइएमई जनरललाई १०ः४ अनुपातमा हकप्रद जारी गर्न अनुमति दिएको हो ।
कम्पनीको गत वैशाख १२ गते २३ औँ वार्षिक साधारणसभाले हाल कायम चुक्तापूँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
अब हकप्रद सेयर जारी गर्न अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने र बोर्डबाट स्वीकृति पाएपछि हकप्रद जारी गरिने कम्पनीले जनाएको छ ।
हाल १ अर्ब १५ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद सेयर निष्काशन पश्चात चुक्ता पूँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।