काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको (प्रमोटर) सेयर लिलामी मार्फत विक्री गर्ने भएको छ ।
माइक्रोफाइनान्सले जेठ १६ गतेदेखि संस्थापन समूहको ८० हजार कित्ता सेयर लिलामीमार्फत विक्री गर्ने भएको हो । माइक्रोफाइनान्सको सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता १०२२ रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले जेठ ३० गतेसम्म आवेदन दिनुपर्नेछ ।
यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।
माइक्रोफाइनान्सले चालू आवको तेस्रो त्रैमाससम्म २४ करोड ९१ लाख ६० हजार खुद नाफा कमाएको छ । हाल ३१ करोड ९४ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा ३८ करोड ३७ लाख रुपैयाँ संचित छ ।
माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी १०४.६५ रुपैयाँ रहेको छ । यो नेप्सेमा सूचीकृत लघुवित्तमध्ये सबैभन्दा धेरै हो । कम्पनीको प्रतिसेयर नेटवर्थ २२०।१२ रुपैयाँ छ ।