नेप्सेमा सूचीकृत एक कम्पनी : जसको नाफा ५२१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ५६९ रुपैयाँ

काठमाडौं । उत्पादनमूलक कम्पनी युनिलिभर नेपालले खुद मुनाफामा छलाङ मारेको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार ३२ करोड १६ लाख नाफा कमाएको छ ।

 

यो गत वर्षको सोही अवधिकोभन्दा ५२१.४९ प्रतिशत धेरै हो । गत वर्ष सोही अवधिमा कम्पनी ७ करोड ६३ लाख नोक्सानीमा रहेको थियो ।

 

पछिल्ला केही वर्ष निरन्तर नाफा घट्दै आएको कम्पनी यस वर्ष भने नाफा बढेको हो । व्यापारमा सुधार आएसँगै कम्पनीको नाफामा वृद्धि आएको हो ।

 

कम्पनीले माघदेखि चैतसम्म मात्र १ अर्ब ७३ करोड रुपैयाँ बराबरको उत्पादन विक्री गरेको छ भने चालू वर्षभरीमा ४ अर्ब १४ करोड रुपैयाँको व्यापार गरेको छ । यस वर्षभरीमा कम्पनीले २ अर्ब १७ करोड रुपैयाँ बराबरको कच्चा पदार्थ खपत गरेको छ ।

 

९ अर्ब २१ करोड चुक्ता पूँजी रहेको कम्पनीको रिटेन अर्निङमा २ अर्ब ३६ करोड संचित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी भने ५९२ रुपैयाँबाट घटेर ५६९ रुपैयाँ (वार्षिक)मा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने २१रुपैयाँबाट बढेर २६६६ रुपैयाँ पुगेको छ ।

 

युनिलिभर नेप्सेमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा धेरै सेयर मूल्य भएको कम्पनी हो । बिहीबार १२ बजेसम्म यसको सेयर प्रतिकित्ता २२ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ओमानबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याइने Read Previous

ओमानबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याइने

निषेधाज्ञाका बीच नागढुङ्गा सुरुङमार्गको काम धमाधम हुँदै, अहिलेसम्म कति मिटर खनियो ? Read Next

निषेधाज्ञाका बीच नागढुङ्गा सुरुङमार्गको काम धमाधम हुँदै, अहिलेसम्म कति मिटर खनियो ?