नेप्सेमा झिनो अंकको वृद्धि, यी १२ कम्पनीका लगानीकर्ता भने मालामाल

काठमाडौं । सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । पछिल्लो दुई दिनमै करिब ५५ अंकले बढेको बजार आज न्यून अंकले बढेको हो ।

 

सूचकमा झिनो वृद्धि भए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लोे दिनको तुलनामा कारोबार रकम झन्डै ५० करोडले घटेर सवा ५ अर्बमा सीमित भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ०.५६ अंकले बढेर २६७३.८८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१५ कम्पनीको ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८०१ रुपैयाँ बराबरको १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता सेयर किनबेच भएका छन् ।

 

बुधबार कारोबारमा आएका १३ वटा समूहमध्ये ६ समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ समूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै १००.६६ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै ६६.८६ अंकले घटेको छ ।

 

कारोबारमा आएका २१५ कम्पनीमध्ये १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको घटेको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ३१ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एचआडीसीएल २७ करोड र अपी पावर १४ करोड रुपैयाँको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

झिनो अंकले बढेको बजारमा आज १० कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नारायणी विकास बैंक, बोटलर्स नेपाल र आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

यसैगरी, आज विशाल बजार, रुरु जलविद्युत्, समता घरेलु लघुवित्त, खानीखोला हाइडोपावर, युनियन हाइडोपावर, एनआरएन इन्फ्रस्टक्चर, दिव्यश्वरी हाइडोपावर, युनिलिभर र जोशी हाइडोपारका सेयरधनीले करिब १० प््रतिशत कमाएका छन् ।

 

आज साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य सबैभन्दा धेरै २.२७ प्रतिशतले घटेको छ ।

अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध जेठ १७ सम्म लम्बियो, कार्गो र चार्टर्ड उडान भने हुने Read Previous

अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध जेठ १७ सम्म लम्बियो, कार्गो र चार्टर्ड उडान भने हुने

कोरोना खोपको विश्व राजनीति : ७५% खोप शक्तिशाली देशको कब्जामा, गरिब देश हेरेकोहेर्‍यै Read Next

कोरोना खोपको विश्व राजनीति : ७५% खोप शक्तिशाली देशको कब्जामा, गरिब देश हेरेकोहेर्‍यै