नेप्सेमा दोहोरो अंकको कमब्याक, यी ६ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । पछिल्ला दुई दिन लगातार दोहोरो अंकले घटेको नेप्से आज दोहोरो अंकले नै उकालो लागेको हो ।

 

सूचकमा सुधार आए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लोे दिनको तुलनामा कारोबार रकम करिब २ अर्बले घटेर ४ अर्बमा सीमित भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से २७.४१ अंकले बढेर २६४५.८४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८९ रुपैयाँ बराबरको ७५ लाख ७९ हजार ३ कित्ता सेयर किनबेच भएका छन् ।

 

सोमबार कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३४६.०३ अंकले बढेको छ ।

 

कारोबारमा आएका २१८ कम्पनीमध्ये १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३० कम्पनीको घटेको छ । ३२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको २७ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपर तामाकोशी १९ करोड र एचआइडीसीएल १८ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । राष्टिय बीमा कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने समता घरेलु लघुवित्त र रुरु जलविद्युत्को सेयर मूल्य १० प्रतिशत कमाएका छन् ।

 

यसैगरी, आज गुह्वेश्वरी मर्चेन्ट ६.७५ प्रतिशत, लिबर्टी इनर्जी ५.१४ प्रतिशत र पुनर्बीमा कम्पनीका सेयरधनीले ४.९१ प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज विशाल बजार कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।

आगामी बजेटमा कृषि अनुदान वृद्धि गरिने Read Previous

आगामी बजेटमा कृषि अनुदान वृद्धि गरिने

फिट इन्टरनेशनल बन्यो नेपालका लागि फेसबुकको आधिकारिक विज्ञापन एजेन्सी Read Next

फिट इन्टरनेशनल बन्यो नेपालका लागि फेसबुकको आधिकारिक विज्ञापन एजेन्सी