सेयर बजारमा उच्च अंकको वृद्धि, यी ४ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । गतसाता तीव्र उतरचढाव देखिएको बजारमा यस सता पहिलो दिनमै उच्च अंकको वृद्धि भएको हो ।

 

सूचकसँगै कारोबार रकममा पनि ठूलो सुधार आएको छ । गतसाता औसतमा करिब ४ अर्बको कारोबार भएकोमा आज बढेर झन्डै साढे ७ अर्ब पुगेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ५४ अंकले बढेर २६६५.११ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२६ कम्पनीको ७ अर्ब ३६ करोड ८ लाख ५०० रुपैयाँ बराबरको १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता सेयर किनबेच भएका छन् ।

 

आइतबार कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ६३२.१८ अंकले बढेको छ ।

 

आज एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ४२ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनीको ४० करोड र नेपाल टेलिकमको ३२ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारम पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । महिला लघुवित्त, सिंगटी हाइडो इनर्जी र विशाल बजार कम्पनीका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।यस्तै, सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्य पनि ८.७० प्रतिशतले बढेको छ ।

 

बढ्दो बजारमा आज एभरेष्ट बैंकको प्रिफरेन्स सेयर सबैभन्दा धेरै १.९९ प्रतिशतले घटेको छ ।

रोकियो देशभरका सडक निर्माण, कामदार र निर्माण सामग्री अभाव Read Previous

रोकियो देशभरका सडक निर्माण, कामदार र निर्माण सामग्री अभाव

३ दिनमा कति जनाले भरे सीईडीबी हाइड्रोपावरको आइपीओ ? Read Next

३ दिनमा कति जनाले भरे सीईडीबी हाइड्रोपावरको आइपीओ ?