ज्योति लाइफको सेयर मूल्यमा लगातार दशौं दिन पोजेटिभ सर्किट, प्रतिकित्ता कति पुग्यो भाउ ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा लगातार दशौं दिन पोजेटिभ सर्किट लागेको छ । चैत २५ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको सेयर मूल्य हरेक दिन १० प्रतिशतले बढ्दै आएको हो ।

 

१० कारोबार दिनमै कम्पनीको सेयर मूल्य अढाइ गुणा बढीले वृद्धि भएको छ । ३६० रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य १० दिनमै बढेर प्रतिकित्ता ९०८ रुपैयाँ पुगेको छ ।

 

कारोबारमा आएको २ हप्ता बितिसके पनि अझै कम्पनीको सेयरको सप्लाई भने आउन सकोके छैन । हरेक दिन खरिदकर्ताको उच्च चाप रहे पनि विक्रीकर्ता अत्यन्त न्यून रहेको छन् ।यद्यपि, आज भने पहिलो आधाघण्टामा नै ४० हजार कित्ता बढी कारोबार भइसकेको छ ।

 

अहिले सेयर हात पार्न सके केही हप्तामै मनग्ये नाफा कमाउन सकिने भएकाले लगानीकर्ता यसरी झुम्मिएका हुन् ।

 

कम्पनीले फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । जसमा भाग्यमानी ५ लाख ९४ हजार जनाले गोलप्रथाबाट १० कित्ताका दरले सेयर पाएका थिए भने १२ लाख ३ हजार ८३५ जनाको हात रित्तो भएको थियो ।

 

आइपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

६३५ मेगावाटको दूधकोशी जलविद्युतको काम अघि बढ्दै, जग्गाको स्रेस्ता उतार्ने काम शुरु Read Previous

६३५ मेगावाटको दूधकोशी जलविद्युतको काम अघि बढ्दै, जग्गाको स्रेस्ता उतार्ने काम शुरु

एक कर्मचारी जसले १५ वर्षदेखि काममा नगई बुझे साढे ७ करोड तलब Read Next

एक कर्मचारी जसले १५ वर्षदेखि काममा नगई बुझे साढे ७ करोड तलब