कहिले हुँदैछ रुरु जलविद्युतको आइपीओ बाँडफाँट ?

काठमाडौं । रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण सेयर (आइपीओ) यसै साता भित्र बाँडफाँड हुने भएको छ ।

 

विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार अहिले कम्पनीको आइपीओमा परेको आवेदन रुजु भइरहेको छ । आवेदनको रुजु सकिएपछि प्रि-अलोटमेन्ट गरी सम्भवतः शनिबारसम्म आइपीओ बाँडफाँट गर्ने गरी तयारी भइरहेको क्यापिटलले जनाएको छ ।

 

कम्पनीले चैत २० गतेदेख अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरले ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

 

जसमा १६ लाख ६९ हजार १९ जनाले २ करोड ३३ लाख ९० हजार ९० कित्ताका लागि आवेदन दिएका छन् । रुरुको आइपीओमा परेको यो आवेदन हालसम्मकै दोस्रो धेरै हो । यसअघि ज्योति लाइफमा १८ लाख बढीले आवेदन दिएका थिए ।

 

कम्पनीले धितोपत्र बोर्डबाट कुल ८ लाख १५ हजार ४११ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मीका स्थानीयका लागि यसअघि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता सेयर जारी गरिसकेको छ ।

 

कम्पनीले गुल्मीको चन्द्राकोट गाउँपालिकामा ५ मेगावाटको माथिल्लो हुग्दी खोलामा जलविद्युत् आयोजना निर्माण गरी संचालनमा समेत ल्याइसकेको छ । यसको कुल लाागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

कोटेश्वर-जडीबुटी सडक विस्तार धमाधम हुँदै, अब १ महिना भित्र निर्माण पूरा हुने Read Previous

कोटेश्वर-जडीबुटी सडक विस्तार धमाधम हुँदै, अब १ महिना भित्र निर्माण पूरा हुने

वैशाख १ देखि नयाँ बसपार्कको टिकट काउण्टर बन्द हुने, अब टिकट काट्न कहाँ जाने ? Read Next

वैशाख १ देखि नयाँ बसपार्कको टिकट काउण्टर बन्द हुने, अब टिकट काट्न कहाँ जाने ?