काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारमा सोमबार झिनो सुधारको संकेत देखिएको छ ।
शेयरको भारित औसत विधिबाट पूँजीगत लाभकर गणना सम्बन्धी विवाद समाधान गर्न लगानीकर्ता ब्रोकर कार्यालय सम्म पुगेर ल्याप्चे लगाउन नपर्ने व्यवस्था गर्न धितोपत्र बोर्डले अर्थ मन्त्रालयलाई सिफारिस गरेसँगै लगानीकर्ता थोरै भएपनि आशावादी बन्दा सकरात्मक प्रभाव देखिएको छ ।
सेयर बजार मापक सूचक नेप्से ०.१३ अंकले बढेर १२३३.८५ विन्दुमा पुगेको छ । सोमबार १७१ कम्पनीको ३१ करोड ४२ लाख २८ हजार ९२१ रुपैयाँको कारोबार भएको छ । १८ लाख २१ हजार ८२२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
१२ वटा समूहको सेयर खरिदबिक्री भएकामा ७ वटा समूहको सूचक उकालो लागेका छन् भने ५ समूहका सूचक घटेका छन् ।
होटेल समूह सबैभन्दा धेरै २०.५९ अंकले बढेको छ । यस्तै विकास बैंक ५.२१, वित्त २.९१, उत्पादन ८.१५, लघुवित्त ५.०५, जीवन बीमा १९.६१ र सामूहिक लगानी कोष ०.०४ अंकले बढेको छ ।
निर्जीवन बीमा समूहको सबैभन्दा धेरै ३४.३२ अंकले घटेको छ । यस्तै वाणिज्य बैंक ०.४२, व्यापार ६.२५, जलविद्युत् २.५२, र अन्य उपसमूह ०.८५ बिन्दुले घटेको छ ।
कारोबार रकममा रसुवागढी हाइड्रोपावर अग्रस्थानमा छ । यसको २ करोड ५९ लाख ३ हजार ४०० रुपैयाँको कारोबार भएको छ । खरिदबिक्रीकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः सान्जेन जलविद्युत कम्पनी र प्रभु बैंक परेका छन् ।
आज सबैभन्दा धेरै कमाउनेमा नाडेप लत्तुवित्तका लगानीकर्ता छन् । यसको भाउ ९.८९% ले बढेको छ भने सबैभन्दा धेरै विशाल बजार कम्पनीको ५.२६% ले घटेको हो ।
