अजोडले १ हप्तामै उल्ट्यायो आफ्नो निर्णय, ५० प्रतिशत हकप्रद जारी नगर्ने

काठमाडौं २५ चैत । अजोड इन्स्योरेन्सले पूँजी वद्धिका लागि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्थगित गरेको छ ।१ हप्ता अघिको आफ्नै निर्णय उल्ट्याउँदै अजोडले हकप्रद जारी नगर्ने जानकारी गराएको हो ।

 

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको आकस्मिक बैठकले बीमा समितिको निर्देशन अनुसार हकप्रद जारी गर्ने विशेष प्रस्ताव स्थगित गर्ने निर्णय गरेको हो ।

 

बीमा समितिको यही चैत २३ गतेको पत्रानुसार कम्पनीले प्रस्ताव गरेको पूँजी वृद्धि र हकप्रद जारी गर्ने निर्णय स्थगित गरिएको कम्पनीले जनाएको छ ।

 

अजोड इन्स्योरेन्सको यही चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको थियो ।

 

हकप्रद निष्काशनको सूचना आउनु अघिल्लो दिन भित्री कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको थियो । अस्वभाविक रुपले कम्पनीको सेयरमूल्य बढेपछि अजोडमाथि भित्री सूचना चुहाएको आरोप लाग्दै आएको छ।सो बारे धितोपत्र बोर्डले छानबिन समेत गरिरहेको छ ।

आशा जगाउँदै माथिल्लो तामाकोशी, वैशाखभित्रै पहिलो युनिटबाट उत्पादन शुरू हुने Read Previous

आशा जगाउँदै माथिल्लो तामाकोशी, वैशाखभित्रै पहिलो युनिटबाट उत्पादन शुरू हुने

तनहुँ जलविद्युतको प्रसारण लाइन प्रभावितलाई मुआब्जा वितरण गरिँदै Read Next

तनहुँ जलविद्युतको प्रसारण लाइन प्रभावितलाई मुआब्जा वितरण गरिँदै