नेप्सेले बनायो इतिहासकै उच्च विन्दुको रेकर्ड, यी ७ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारले इतिहासकै सबैभन्दा उच्च विन्दुको रेकर्ड बनाएको छ । पछिल्लो दुई साता यता निरन्तर उकालो लागेको बजारले डेढ महिना पुरानो रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनाएको हो ।

 

नेप्सले २६५७ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । यसअघि नेप्सले फागुन ९ गत इतिहासकै सर्वाधिक २६४०.३४ विन्दुको रेकर्ड बनाएको थियो ।

 

सूचकमा नयाँ रेकर्ड बनाएको दिन कारोबार रकममा पनि सुधार आएको छ । गतहप्ता औसतमा दैनिक ६ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा आज बढेर ९ अर्ब माथि पुगेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से २५.७१ अंकले बढेर २६५७.६१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१२ कम्पनीको ९ अर्ब ६८ लाख ५८ हजार ५५८ रुपैयाँ बराबरको १ करोड ८१ लाख ७३ हजार ३७८ कित्ता सेयर किनबेच भएका छन्।

 

आइतबार कारोबारमा आएका १३ वटा समूहमध्ये ८ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ वटा समूहको परिसूचक राताम्मे भएका छन् । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५४३.५८ अंकले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै २०३.५९ अंकले घटेको छ ।

 

आइतबार कारोबारमा आएका २१२ कम्पनीमध्ये १२० कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको मूल्यमा गिरावट आएको छ । २१ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज लगानीकर्ता नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा झुम्मिएका छन् । यसको सर्वाधिक ४७ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपर तामाकोशी २८ करोड र नेपाल पुनर्बीमा कम्पनी २६ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

दोहोरो अंक्ले बढेको बजारमा आज आधादर्जन बढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वोमी माइक्रोफाइनान्स, जनरल इन्स्योरेन्स, राधि विद्युत् कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, एनआइसी एशिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र साञ्जेन जलविद्युतका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज साल्ट ट्रेडिङ कर्पोरेशनका सेयरधनीले सबैभन्दा धेरै ४.६३ प्रतिशत गुमाएका छन् ।

बिलभन्दा कम सामान दिएर उपभोक्ता ठग्दै राजेश हार्डवेयर, बालाजु शाखा शिलबन्दी Read Previous

बिलभन्दा कम सामान दिएर उपभोक्ता ठग्दै राजेश हार्डवेयर, बालाजु शाखा शिलबन्दी

रुरु जलविद्युतको आइपीओ मागको ३७ गुणा बढी आवेदन, कित जनाले भरे ? Read Next

रुरु जलविद्युतको आइपीओ मागको ३७ गुणा बढी आवेदन, कित जनाले भरे ?