काठमाडौं । सेयर कारोबार समय थप गरिएको छ । अनलाइन प्रणाली टीएमएसमा समस्या आएपछि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले आजका लागि कारोबार समय १ घण्टा थप गरेको हो ।
नेप्सका अनुसार आज ४ बजेसम्म सेयर कारोबार खुल्ला हुनेछ । यसअघि नियमित समयमा ३ बजेसम्म कारोबार हुने भए पनि आज टीएमएसमा सम्स्या आउँदा करिब १ घण्टा काराबार हुन नसकेपछि समय थप गरिएको नेप्सेले जनाएको छ ।
आज अनलाइन प्रणालीमा समस्या आउँदा १२ बजेदेखि १ बजेसम्म सेयर कारोबार हुन सकेको थिएन । टीएमएसमा आएको प्राविधिक समस्या समाधान भइसकेको नेप्सेले जनाएको छ ।