नेपाल-बंगलादेश बीचको फाइनल खेलको टिकटको मूल्य बढ्यो, कति रुपैयाँ पुर्‍याइयो ?

काठमाडौं । त्रिदेशीय फुटबल अन्तर्गत आज हुने नेपाल र बंगलादेश बीचको फाइनल खेलको टिकटको मूल्य बढाइएको छ ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशबीच उपाधी भीडन्तका लागि हुने खेलको टिकटको मूल्य बढाएको हो ।

 

एन्फाले साधरणतर्फको टिकटको मूल्य ३०० रुपैयाँ र भीआइपीतर्फको ५०० रुपैयाँ बढाएको हो । एन्फाले यसअघिका खेलमा साधारणतर्फ ७०० रुपैयाँ रहेको प्रतिटिकटको मूल्य बढाएर १ हजार रुपैयाँ र भीआइपीतर्फ १५०० रहेकोमा बढाएर २ हजार रुपैयाँ पुर्याएको छ ।

 

नेपाल र बंगलादेश बीचको फाइनल खेल आज दशरथ रंगशालामा साँझ ५ः३० बजे शुरु हुनेछ ।

चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाको खोप नेपाल आइपुग्यो Read Previous

चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाको खोप नेपाल आइपुग्यो

मध्यपहाडी लोकमार्गको विस्तार असारभित्रै सकिने Read Next

मध्यपहाडी लोकमार्गको विस्तार असारभित्रै सकिने