निर्धन उत्थान लघुवित्तको १ लाख कित्ता सेयर ५५० रुपैयाँमा किन्ने अवसर

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको संस्थाप समूहको (प्रमोटर) सेयर लिलामीमा आउने भएको छ । लघुवित्तले चैत १८ गतेदेखि संस्थापक समूहको १ लाख ८ हजार ५४२ कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो ।

 

लघुवित्तको सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

 

कम्पनीको लिलामी सेयरमा वैशाख २१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 

लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरु र सर्वसाधरणले समेत आवेदन दिन सक्नेछन् ।

 

इच्छुक लगानीकर्ताले एनआइबीएल एस क्यापिटल, लाजिम्पाटमा आवेदन दिन सक्नेछन् ।

डेढ वर्षदेखि चिनियाँ नाका बन्द हुँदा विक्री भएन नेपाली गलैँचा Read Previous

डेढ वर्षदेखि चिनियाँ नाका बन्द हुँदा विक्री भएन नेपाली गलैँचा

नेप्सेमा दोहोरो अंकको गिरावट, घट्दो बजारमा यी २ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Next

नेप्सेमा दोहोरो अंकको गिरावट, घट्दो बजारमा यी २ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट