काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट घोषणा गरेको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
लघुवित्तले प्रस्तावित लाभांश पारित गर्न आगामी चैत २० गते साधरण सभा बोलाएको छ । सभा प्रयोजनका लागि लघुवित्तले चैत १० (भोलि) देखि चैत २० गतेसम्म बुकक्लोज मिति तोकेको छ । तसर्थ आजसम्म सेयर किन्ने मात्र लाभांश पाउन योग्य रहन्छन् ।
लघुवित्तले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।