समिट लघुवित्तले ६ लाख कित्ता एफपीओ जारी गर्दै, प्रतिकित्ता मूल्य कति ?

FPO

काठमाडौं। समिट लघुवित्त वित्तीय संस्थाले ६ लाख कित्ता फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएको छ ।

 

लघुवित्त संचालक समितिको चैत ६ गते बसेको बैठकले संस्थापक र साधरण सेयरको हिस्सा मिलाउन ६ लाख कित्ता सेयर एफपीओ विक्री गर्ने निर्णय गरेको हो ।

 

लघुवित्तले सजिलो लघुवित्तसँग मर्जर गरेको थियो । सूचीकृत कम्पनीहरुले सूचीकृत नभएका कम्पनीसँग मर्जर गरेका कारण सेयर संरचना मिलाउन एफपीओ जारी गर्न लागेको हो।

 

लघुवित्तले एफपीओ जारी सम्बन्धी प्रस्ताव पारित गर्न चैत्र २९ गते बाह्रौं वार्षिक साधारण सभा बोलाएको छ । साथै, सभामा लघुवित्तले अन्य लघुवित्तसँग मर्जर प्राप्तीका लागि आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, गत वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने लगायत एजेन्डा लैजाने भएको छ ।

 

साधारण सभाबाट सो प्रस्ताव पारित भएमा एफपीओ निष्काशन प्रक्रिया अगाडि बढ्नेछ । त्यसपछि नियामक निकाय धितोपत्र बोर्डबााट अनुमति प्राप्त भएपछि मात्र एफपीओ जारी हुनेछ ।

 

एफपीओ जारी गर्दा प्रिमियममा (प्रतिकित्ता १०० रुपैयाँमा थप मूल्य जोडेर) जारी गर्न पाउने व्यवस्था छ । कम्पनीले साधरणसभाबाट एफपीओ प्रस्ताव पारित गरेपछि प्रतिकित्ता कति रुपैयाँमा सेयर जारी गर्ने भन्ने बारे टुंगो लगाइने जनाइएको छ ।

३ दिनमा कतिले भरे सिंगटी हाइड्रोको आइपीओ ? Read Previous

३ दिनमा कतिले भरे सिंगटी हाइड्रोको आइपीओ ?

काम पूरा नहुँदै मेलम्चीको पानी वितरण गर्न हतार, अझै ३० हजार धारा जोड्न बाँकी Read Next

काम पूरा नहुँदै मेलम्चीको पानी वितरण गर्न हतार, अझै ३० हजार धारा जोड्न बाँकी