क्षमताभन्दा बढी भार बोक्ने गाडीलाई धमाधम कारबाही

काठमाडौं । यातायात व्यवस्था विभागलेयही चैत १५ गतेदेखि सवारीसाधनले तोकिएभन्दा बढी भार बोकेको पाइएमा सम्बन्धित ठाउँमा सामग्री झार्ने र जरिवाना गर्ने भएको छ ।

 

मालवाहक सवारीसाधनको भरवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४ को व्यवस्थाअनुसार मालवाहक सवारीसाधनको नियमन र गल्ती पाइएमा कारबाही गर्न लागिएको विभागले जनाएको छ ।

 

मालवाहक सवारीसाधनले निर्देशिकामा तोकिएको मापदण्डबमोजिम भार ओसारपसार गर्नुपर्ने भए पनि पछिल्लो समय त्यसको विपरीत हुने गरेको विभागमा गुनासो आएको प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिए ।

 

विभागले यसअघि नै चितवनको अपटारी र महोत्तरीको बर्दिवासमा तौलपुल निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ । विभागको सडक सुरक्षाका लागि मुख्य सडकमा तौल पुल निर्माण गरी सवारी साधनको भारवाहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना रहेको छ ।

बीमा र माइक्रोफाइनान्स चम्किँदा सेयर बजारमा उछाल, यी ९ कम्पनीका लगानीकर्ता मालामाल Read Previous

बीमा र माइक्रोफाइनान्स चम्किँदा सेयर बजारमा उछाल, यी ९ कम्पनीका लगानीकर्ता मालामाल

सिभिल बैंकले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै Read Next

सिभिल बैंकले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै